ज्वलन्त बिषय
गरिबी
- अर्को आयस्रोत नभई आफ्नो उत्पादनले ८ महिनाभन्दा कम खान पुग्ने परिवारलाई गरिब भनिन्छ ।
- गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगार र समाजिक पहिचान र सम्मानबाट वञ्चित भएको अवस्था गरिबी हो ।
- रवर्ट चेम्बर्सका अनुसार, गरिबी भनेको कष्टहरुको पुञ्ज (Cluster of Disadvantage) हो । जसमा,
(क) शारिरिक दुर्वलता (ख) आर्थिक दुर्वलता (ग) शक्तिहिनता (घ) एकलोपना (ङ) किनारा लागेको पर्दछ
" विश्व बैंक ले दैनिक १ डलरभन्दा कम आय हुनेलाई अति गरिब र २ डलर भन्दा कम आय हुनेलाई गरिब भनेको हो ।"
गरिबीको वर्गीकरण :
- अति गरिब : आफ्नो आयस्रोतबाट ३ महिनाभन्दा कम खान पुग्ने परिवार ।
- निरपेक्ष गरिबी : त्यस्तो अवस्था जाहाँ मानिसहरुले खान सम्म पेटभरि पुग्दैन । "आधारभुत आवश्यकताका बस्तुहरु जस्तै: गाँस, बास, कपास आदिको जोहो गर्न नसक्ने अवस्था ।
- सापेक्ष गरिबी: त्यस्तो अवस्था जाहा मानिसहरुको अवस्था औसत भन्दा तल हुन्छ । तुलनात्मक गरिबीलाई जनाउने । कुनै क्षेत्रको धनी कहलाइएको व्यक्ति अर्को क्षेत्रमा तुलनात्मक रुपमा गरिब हुनसक्छ ।
गरिबीका प्रमुख कारणहरु
- साधन स्रोतको अपर्याप्तता, उचित उपयोग कमि
- परम्परागत कृषि प्रणाली
- कृषियोग्य भुमिको असामान र अवैज्ञानिक वितरण
- भुपरिवेष्टिता
- उच्च जनसँख्या वृद्धिदर
- दक्ष जनशक्तिको अभाव
- शान्ति÷सुव्यवस्थाको अन्त्य
- राजनैतिक अस्थिरता
- सुशासनको अभाव
- पूँजी, सीप र प्रविधिको अभाव
- समाजिक विभेदीकरण
- न्युन आर्थिक वृद्धिदर
- प्राप्त विदेशी सहयोगको राम्ररी सदुपयोग नहुनु
- विकासको फल लक्षित समूहसम्म नपुग्नु
- वहुसँख्यक ग्रामिण क्षेत्रको आर्थिक तथा समाजिक विकासमा पहुँच नपुग्नु ।
- बैदेशिक व्यापारमा घाटा बढ्नु
नेपालमा गरिबी किन अपेक्षाकृत घटाउन सकिएको छैन ? कारण दिनुहोस ।
- कृषि प्रणालीलाई आवश्यक मात्रामा आधुनिकीकारण र व्यावसायीकरण गर्न नसक्नु ।
- उद्योगधन्दा, कलकारखानाको पर्याप्त विकास र विस्तार गर्न नसक्नु
- आर्थिक योजनाका लक्षित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन नहुनु
- शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत जस्ता विकास पूर्वाधारहरु निर्माण गर्न नसक्नु
- राजनैतिक अस्थिरता
- अशान्ति, असुरक्षा जस्ता कारण लगानीमैत्री वातावरण नबन्नु
गरिबी न्युनीकरणका मुख्य उपायहरु केके हुन सक्छन् । उल्लेख गर्नुहोस ।
- स्रोतसाधनमा गरिबीको पहँुच बढाउने
- साधनस्रोतको उच्चतम उपयोग
- कृषि÷ग्रामिण विकासमा जोड
- ठुला लगानीलाई प्राथमिकता
- श्रम प्रधान कृयाकलाममा जोड दिने ।
- कृषिको आधुनिकीकरण
- जनसँख्या नियन्त्रण
- राजनैतिक स्थिरता
- सुशासनको अभिवृद्धि
- द्धण्डको समाधान र शान्ति सुव्यवस्थाको स्थापना
- पूर्वाधार विकास
- कृषिमा आधारित रोजगारमुलक कार्यमा जोड दिने
- भुमिसुधार र कृषियोग्य जमिनको प्रजातान्त्रिक र वैज्ञानिक वितरण
बेरोजगारी
- कामको लागि सीप भएर पनि काम नपाएको अवस्था ने बेरोजगारी हो ।
- रोजगार नहुने स्थिति । आय आर्जनको कुनै अवसर प्राप्त नभएको अवस्था ।
- श्रम बाजारमा प्रति वर्ष ४ लाखको दरले श्रम शक्ति थप हुने अनुृमान । नेपालको श्रमशक्ति सर्वेक्षण २००८ अनुसार ।
- १५ वर्ष वा सो भन्दा माथिको रोजगार मध्ये कृषि क्षेत्रमा ७३.९ रहेको र गैर कृषि क्षेत्रमा २६.१ रहेको ।
नेपालमा बेरोजगारी बढ्नुका केही मुलभुत कारणहरु :
- साधनस्रोतको अभाव
- साधनस्रोतको समुचित उपयोग नितिको अभाव
- माग र पुर्तिबीचको असन्तुलन
- उच्च जनसँख्या वृद्धिदर
- दक्षताको अभाव
- परम्परागत र निर्वाहमुखी कृषि प्रणाली
- औधोगीकरण हुन नसक्नु ।
- कुशासन ÷भ्रष्टाचार
- श्रमप्रतिको आस्थाको अभाव
- योजनाबद्ध विकासको अभाव
बेरोजगारी सामाधानको उपायहरु :
- प्राविधिक शिक्षा
- वैज्ञिानिक कृषि प्रणाली
- योजनावद्ध विकास
- उपलब्ध स्रोत साधनको समुचित उपयोगको प्रयास
- उपयुक्त आर्थिक नितिको तर्जुमा र कार्यान्वयन
- जनसंख्या वृद्धि नियन्त्रण
- उपलब्ध रोजगारकिा अवसरअनुरुप सीप र दक्षताको विकास
जनस्वास्थ्य
- शारिरीक ,मानसीक तथा सामाजिक रुपले राम्रो÷असल देखिएको अवस्था स्वास्थ्य हो ।
- रोगको निदान तथा स्वास्थ्य प्रवद्र्धन गर्ने हेतुले स्थानीय स्तरमा गरिएका प्रयास नै जनस्वास्थ्य हो ।
- Public Health भन्नाले सर्वसाधारण जनताको स्वास्थ्य स्थितिलाई जनाउँछ । जसमा विविध पक्षहरु समेटिएको हुन्छ । यसमा विशेष गरी प्राथमिक स्वास्थ्य हेरचाहको प्रयासहरु पर्दछन ।
प्राथमिक स्वास्थ्य अन्तर्गत संचालित कार्यक्रमहरु:
– स्वास्थय शिक्षा, पोषण सेवा, सुरक्षित खानेपानी, आधारभुत सरसफाई, परिवार नियोजन, मातृशिशु सेवा, खोप सेवा, सरुवा रोगको रोकथाम÷नियन्त्रण, सामान्य रोग तथा घाउ चोटको उपचार, अत्आवश्यक औषधिको आपुर्ति ।
स्वास्थ्यका समस्याहरु ः–
- अन्धविश्वास÷चेतनाको कमी
- अवैज्ञानिक उपचार पद्धति
- सरुवा रोगको व्यापकता
- कुपोषण
- धेम्रपान, मघपान , कुलत
- वातावरणीय सरसफाईको अभाव
- उच्च मातृ मृत्युदर
- उच्च शिशु मृत्युदर
- उच्च बाल मृत्युदर
- अस्वस्थकर जिवन शैली
सामाधानको उपायहरु :
- स्वास्थ्यको महत्व
- वैज्ञानिक उपचार पद्धति
- शुद्ध पिउने पानी÷ खाघ मिसावत नियन्त्रण
- प्रदुषण नियन्त्रण÷स्वास्थ्य सेवाको प्रवन्ध
- कुलत उत्पादन र प्रयोगलाई निरुत्साहित गर्ने ।
खाद्य सुरक्षा
- लामो समयसम्म खाद्यपर्दाथ नविग्रिने गरी भण्डारण गर्ने तथा खाधपदार्थको सुनिश्चिता गर्ने अवस्था नै खाध सुरक्षा हो ।
- शरीरको निश्चित प्रक्रियाहरु सञ्चालन गरी उर्जा प्रवाह गर्ने तत्व खाधपदार्थ हो ।
- विश्वमा लगभग एक तिहाई मानिसहरु पर्याप्त खाधान्नबाट वञ्चित भएको अवस्था हो ।
- सन. १९९६ मा विकसित खाध सुरक्षाको सिद्धान्तहरु निम्नानुसार छन् ।
- खाना : मानिसको आधारभुत आवश्यकता
- कृषि सुधार : प्राकृतिक स्रोत संरक्षण
- खाध व्यापारको पुन : संगठन
- भोकमरीको विश्व व्यापीकरणको अन्त
- सामाजिक शान्ति
- प्रजातान्त्रिक नियन्त्रण
खाद्य सुरक्षा अन्नर्गत पर्ने कुराहरु ः–
- खाद्यान्नमा पहुँच
- पर्याप्त खाना
- सधैका लागी खाद्य सुरक्षा
- परिवारका सबै सदस्यलाई खाद्य सुरक्षा
- जिविकोपार्जन सुरक्षा
- खाद्य सुरक्षा र मानवअधिकारको सुरक्षा
खाद्य सुरक्षाका समस्या वा चुनौतीहरु ः–
- न्युृन उत्पादकत्व र सीमित खेतीयोग्य जमिन
- वितरण प्रणाली र बढ्दो परनिर्भरता
- कृषि क्षेत्रमा न्युन लगानी
- जलवायु परिवर्तन
- उच्च बजार मूल्य
सामाजिक सुरक्षा
- मानवीय मर्यादा रक्षाको लागि आधारभुत आवश्यकता परिपूर्ति गर्ने कार्यलाई सामाजिक सुरक्षा भनिन्छ ।
- सामाजिक सुरक्षाले सामान्यतया ः सामाजिक बीमा कार्यक्रमलाई जनाउँछ, जसले गरिबी, वृद्धावस्था, अशक्तता, बेरोजगारीको अवस्थामा सुविधा उपलब्ध गराउँछ ।
- सामाजिक सुरक्षाले आर्थिक तथा सामाजिक रुपमा असुरक्षित वा जोखिम सम्भाव्य व्यक्तिलाई विभिन्न उपाय र निकायबाट विशेष सहुलियत र साहयता उपलब्ध गराउँछ ।
- यसलाई सामाजिक न्यायको अभिन्न अंगको रुपमा लिइन्छ ।
सामाजिक सुरक्षाको महत्व ः –
- मानवीय जीवनयापन
- भविष्यको सुरक्षा
- उच्च आर्थिक वृद्धि
- गरिबी निवारण
- दीगो शान्ति निर्माण
नेपालमा सामाजिक सुरक्षाको संवैधानिक व्यवस्था ः –
- सामाजिक सुरक्षा सम्बन्धी हक , धारा १८
- श्रम सम्बन्धी हक, धारा ३०
- आर्थिक सामाजिक सुरक्षाको व्यवस्था, धारा ३३
- सामाजिक सुरक्षाको विशेष व्यवस्था सम्बन्धी निति, धारा ३५(९)
- राज्यको निति, धारा ३५(७)
नेपालमा सञ्चालित सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरु ः–
- जेष्ठ नागरिक भत्ता कार्यक्रम
- विधवा तथा एकल महिता भत्ता कार्यक्रम
- असक्त÷अपाङगता सहायता भत्ता
- बाल संरक्षण अनुदान
- “सबैको लागि शिक्षा” नामक छात्रवृति
- मातृत्व सँरक्षण सुविधा
- कर्णाली रोजगारी योजना
- लोपोन्मुख आदिवासी÷जनजाति उतथान कार्यक्रम
- जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम
सामाजिक सुरक्षा सम्बन्धी देखिएका समस्याहरु ः–
- दीर्घकालिन सोच र नितीको अभाव
- श्रोत साधनको कमी
- सुचना प्रणाली प्रभावकारी नहुनु
- सामाजिक विवेद र असमानता
- परम्परागत मुल्य र मान्यता
- वितरणमुखी (नगद) कार्यक्रममा जोड
- Supply Oriented कार्यक्रम
- लक्षित समुहको पहिचान कठिनाई
सामाधानको उपायहरु ः–
- उपयुक्त समयमा सुचना प्रवाह
- नागरिक समाज र गैरसरकारी सँस्थासँग परामर्श
- जेष्ठ नागरिक भत्ता, आवास जस्ता कार्यक्रम सञ्चालन
- सामाजिक सुरक्षा कार्यक्रमलाई राष्ट्रिय परिचयपत्र कार्यक्रमसँग आवद्ध गरी व्यवस्थित गरिनुपर्ने ।
उर्जा संकट
- उर्जाको माग बढेर विभिन्न कारणले आपूर्ति कम हुने अवस्था नै उर्जा संकट हो ।
- उर्जा शक्तिको प्रमुख स्रोत हो ।
- नेपालमा परम्परागत उर्जा ८७.३ प्रतिशत, व्यापारिक उर्जा १२ प्रतिशत, नविकरणीय उर्जा ०.७ प्रतिशत खपत भइरहेको छ ।
- उर्जा खपतमध्ये ८९.२ प्रतिशत दाउराबाट , ४.२ प्रतिशत कृषिजनय अबशेषबाट, अन्यबाट ६.६ प्रतिशत आपूर्ति हुने गर्दछ ।
- वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा , वायु उर्जा, लघु जलविधुत आदि सञ्चालनमा रहेका छन् ।
- नेपालमा विगत एक दशकमा उर्जा संकटको अवस्था भयावह (डरलाग्दो) बनिरहेको छ ।
- सम्पूर्ण रुपमा विदेशबाट आयात गर्नुपर्ने पेट्रौलियम पदार्थको मुल्य आकाशिदै गएकोले आपुर्ति व्यवस्था असहज बनिरहेको छ ।
उर्जा संकटका कारणहरु ः –
- पेट्रौलियम पदार्थको ठुलो परिमाणमा भण्डारण गर्ने क्षमता नहुनु ।
- परम्परागत प्रविधि र सोच
- उर्जाक्षेत्रमा दीर्घकालिन सोचको अभाव
- अत्यधिक विधुत चुहावत
- विधुत प्राधिकरण, नेपाल आयल निगम जस्ता सँस्थाहरुमा राजनैतिक नियुक्ति
- भ्रष्टाचार
- उर्जा क्षेत्रमा काम गर्ने जनशक्ति अभाव
सामाधानका उपायहरु ÷गरिएको प्रयासहरु ः
- उर्जा मन्त्रालयको स्थापना÷सशक्तिकरण
- ७२ जिल्लामा वातावरण तथा उर्जा स्काईको स्थापना
- धुवारहित चुलो, लधु जलविधुत, सौर्य उर्जा, गोवरग्यासजस्ता प्रविधिमा जोड र सहुलियत
- लधु जलविधुतबाट मात्रै ५.७२ मेगावाट विधुत उतपादन भएको
- विधुत महसुल नतिर्नेलाई कारवाही गर्न थालिएको ।
नेपालको विकासमा जलविधुतको महत्व ः–
- नेपाल जलस्रोतमा दास्रो धनी भएकोले जलविधुतको विकास गरी आन्तरिक खपत एवं निर्यात गर्न सकिने संम्भावना रहेको ।
- यसको उत्पादन गरी प्रयोग गर्दा वातावरणमा कमैमात्र प्रतिकुल प्रभाव पर्ने भएकोले यसको प्रयोग पेट्रौलियम पदार्थ एवं दाउराको प्रयोगको तुलनामा बढी वातावरणमैत्री हुने ।
- एकपटक संरचना निर्माण गरेपछि वर्षौसम्म प्रयोग गर्न सकिने तथा पटक पटक ढुवानी खर्च व्यहोर्नु नपर्ने
- यसको प्रयोगले ठुलाठुला मेशिन औजार, कलकारखाना सञ्चालन गर्न सकिनुको साथै पेट्रोलियम पदार्थ तथा दाउराभन्दा सस्तो पर्ने
- यसको प्रयोग बढाउन सकेमा मुलुक ऊर्जामा आत्मनिर्भर हुनुको साथै दाउराको खपत रोकी वनजंगल जोगाउन सकिने ।
नेपालमा जलविधुतको विकासमा देखा परेका समस्याहरु ः–
- जलविधुतको विकास गर्न ठुला मात्रामा पुँजी, प्रविधि तथा दक्ष जनशक्ति चाहिने भएकोले सोको अभावमा जलविद्युतका ठुलाठुला आयोजनाहरु बनाउन नसकिएको ।
- विद्युत माग र आपुर्तिबीच रहेको व्यापक असन्तुलनका कारण दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको ।
- राजनैतिक अस्थिरता
- स–साना कारणले पनि विद्युत आयोजना निर्माणमा अवरोध हुने तथा निर्धारित समय र लागतमा जलविद्युत आयोजना सम्पन्न हुन नसकेको ।
- नेपाल विधुत प्राधिकरण निरन्तर घाटामा गएकोले उसले जलविद्युत आयोजना निर्माण गर्ने क्षमता गुमाउदै गएको ।
- लगानीमैत्री वातावरणको विकास गर्न नसकिनु
- राज्यले स्पष्ट विद्युत विकास नीति तय गर्न नसक्नु
- विद्युत प्रशारण लाइन निर्माण गर्न पर्याप्त ध्यान नदिइएको
- विद्युत खरिद दर उच्च हुनु
- Private Sector लाई यस क्षेत्रमा प्रभावकारी रुपले परिचालन गर्न नसक्नु
समस्या सामाधानका उपायहरु ः–
- जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकता प्रदान गरी यस क्षेत्रमा लगानी वृद्धि गर्ने
- नेपाल विद्युत प्राधिकरणको संरचनागत सुधार , त्याहाँ भित्रको अनियमितताको रोकथाम तथा विद्युत चुहावत नियन्त्रण गर्ने
- जनविद्युत प्रशारण लाइन निर्माण गरी अल्पकालिन रुपमा भारतबाट विद्युत आयात गरेरै भए पनि लोडसेडिङको समय कटौती गर्ने
- निजी क्षेत्रलाई थप विद्युत उतपादनमा सहुलियत दिुनुको साथै यस क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने
- जलविद्युत आयोजनाहरु निर्धारित समय र लागतमा सम्पन्न गर्न उपलब्ध सबै विकल्पहरु प्रयोग गर्ने
- जलविद्युतको मागको निरन्तर विश्लेषण गरी माग र आपुर्तिबीच सन्तुलन कायम हुने नर्या जलविद्युत आयोजना क्रमिक रुपमा निमाषर््ण गर्दै जाने ।
Search Tag : Jwalant Bishay, Garibi, urja sankat
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.